इटहरी/ इटहरीका प्रथम जाति थारु समुदाय लगायतको चाडका रुपमा रहेको "जितिया पर्वको अवसरमा भोलि शुक्रबार इटहरी उपमहानगरपालिकाले सार्बजनिक बिदा दिएको छ ।
नगर प्रमुख हेमकर्ण पौडेलले आज साझ बिज्ञप्ति जारी गर्दै बिदाको घोषणा गरेका हुन । सार्बजनिक बिदा भएपनी इटहरी अस्पतान भने खुल्ला रहने बिज्ञप्तिमा जनाईएको छ । इटहरी उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका सम्पूर्ण कार्यालयहरु तथा नगर क्षेत्र भित्रका सम्पूर्ण शिक्षण संस्थाहरुमा सार्वजनिक विदा दिइएको छ ।
प्रतिक्रिया