इटहरी उपमहानगरले शान्तिनगरलाई दियो हात्ती भगाउने साईरन

शुक्रबार, १९ असोज २०८०
इटहरी/ इटहरीमा जंगली हात्तीले रातभर दुःख दिन थालेपछि उपमहानगरले हात्ती भगाउने साइरन जडान गरेको छ । इटहरी २ शान्तिनगरमा जंगली हातीले रातभर दुःख दिन थालेपछि उपमहानगरापलिकाले हात्ती भगाउने चारवटा साइरन जडान गरिदिएको हो । चारकोसे नजिक वस्ती रहेका कारण इटहरी २ नं. वडाको शान्तिनगरमा दैनिकजसो हात्तीका बथानहरू आउन थालेपछि उपमहानगरले साइरन जडान गरिदिएको जनाएको छ । स्थानीय रोशन अधिकारीले रातभर आउने हात्तीले आँफूहरू जागै बस्नुपरेको बताए । उनले पटकपटक इटहरी उपमहानगरलाई जानकारी गराएपछि साइरन उपलब्ध भएको जनाए । इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलको भनाइ उदृत गर्दै अधिकारीले जंगलसँग शान्तिनगर जोडिएकाले उज्यालो बनाउनका लागि २५ थान बत्तीसमेत दिन लागेको बताए । इटहरी उपमहानगरपालिकाले दिएको साइरनलाई पानीपिया हुँदै शान्तिनगर जाने बाटोको बर पीपल चोक, सेरा खोला छेउको हवाई घर, शान्तिनगरी सामुदायिक वन कार्यालयको आसपास र सरस्वती टोल विकास अन्तर्गतको जंगल क्षेत्रमा साइरन जडान गरिएको स्थानीय ध्रुव नेपालले बताए । केही साताअघि इटहरी २ बूढासुब्बा मन्दिर नजिकै आएका एक स्थानीयको घरसमेत हात्तीले भत्काएको थियो । यस्तै, पानीपिया क्षेत्रमा पसल गर्दे आएका दिलबहादुर कटवालको दोकान र इटहरी २ शान्तिनगरकै उद्धव मगरको घरसमेत भत्काएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार