इटहरी/ सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
इटहरी उपमहानगरपालिका–३ स्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ३१ प ६९४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २१ प ६४३१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर मंगलबार राति ९ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर धनकुटाको महालक्ष्मी नगरपालिका–८ का २६ वर्षीय दीपक मिरिङचङको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा इटहरी–३ का ३० वर्षीय सागर मगर, इटहरी–४ का २० वर्षीया स्नेहा सुब्बा र मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का १८ वर्षीय साहिम थापामगर घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेहरुको अवस्था सामान्य छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया