अबैध तरिकाले इटहरी ल्याउदै गरेको साढे ७ लाख बराबरको कुर्ता सलवार बिराटनगरबाट बरामद

शनिबार, ११ कार्तिक २०८०
इटहरी / अवैध रुपमा सुनसरी लैजाँदै गरेको करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको कुर्ता सलवार सशस्त्र प्रहरी बलको मोरङ टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाका अनुसार बिहीबार बेलुका विशेष सूचनाका आधारमा विराटनगरको कञ्चनवारी चौकबाट प्र १–०४–००१ च ०११० नम्बरको बलेरो पिकअपसहित ८३४ थान कुर्ता सलवार बरामद गरिएकाे हो । थापाले १६ पोका बनाएर कुर्ता सलवार सुनसरीको इटहरी लैजाँदै गर्दा कञ्चनबारीबाट बरामद भएको जानकारी दिए । उनले करिब १५ लाख रुपैयाँ बराबरको गाडीसहित ७ लाख ५० हजार ६ सय रुपैयाँको कपडा गरेर कुल २२ लाख ५० हजार ६ सय रुपैयाको समान बरामद भएको बताए । यसक्रममा सशस्त्र प्रहरीले बलेरोका चालक विराटनगर–७ का जयकुमार राईलाई समेत नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले पिकअप भ्यान, कुर्ता सलवारसहित चालक राईलाई आवश्यक कारबाहीका लागि शुक्रबार विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार