लेटाङमा स्कुटर र आर्मीको गाडी ठोक्किँदा एक महिला घाइते

बुधबार, ०५ कार्तिक २०८२
साङ्केतिक तस्बिर

विराटनगर । मोरङको लेटाङमा आर्मीको गाडी र स्कुटर एकआपसमा ठोक्किँदा एक महिला घाइते भएकी छन्।

मंगलबार साँझ करिब ६ः४५ बजेको समयमा लेटाङ नगरपालिका–४ स्थित पूर्वी पृतना शिक्षालयको गेटअगाडि आर्मीको बा २ झ ५३६ नम्बरको पिकअप गाडी बाहिर निस्कँदै गर्दा को २८ प २६४५ नम्बरको स्कुटर अनियन्त्रित भई सो गाडीमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक मोरङको लेटाङ नगरपालिका–५ बस्ने ३२ वर्षीया कमला मगरको दाहिने खुट्टामा गहिरो चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। मगरलाई लेटाङ एडभान्स अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पूर्वी पृतना हेडक्वार्टर अस्पताल इटहरी पठाइएको हो।

पिकअप गाडी पूर्वी पृतना शिक्षालय आर्मी लेटाङमा कार्यरत मोरङ रतुवा नगरपालिका–९ का ४२ वर्षीय जमदार केशब कार्कीले चलाएका थिए। दुर्घटनापछि स्कुटरलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार