विराटनगर । मोरङको विराटनगर महानगरपालिका–९ चुलाचुली मार्गस्थित सडक पेटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
मंगलबार दिउँसो करिब १ः३० बजे सो स्थानमा कानेपोखरी गाउँपालिका–९ घर भएका ५२ वर्षीय नरबहादुर कटवाल मृत फेला परेको प्रहरीले जनाएको छ। मृतक मागी–खाई हिँड्ने व्यक्ति भएको र उनको मृत्युको कारण प्रारम्भिक रूपमा खुल्न बाँकी रहेको बताइएको छ।
घटनाको जानकारी पाएलगत्तै विराटनगरस्थित वडा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अप्रिल चापागाईंको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। साथै जिल्ला प्रहरी कार्यालय मोरङबाट पनि एक अनुसन्धान टोली खटिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया