कृषिमा कोशी प्रदेशः वीमा र अनुदानमा किसानको पहुँच न्यून

विहीबार, १६ कार्तिक २०८०
खेमराज सापकोटा इटहरी । कोशी प्रदेशमा कृषि वीमा र सरकारी अनुदानमा किसानको पहुँच न्यून रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले उपलब्ध गराएको तथ्याङकमा कूल कृषक परिवारमध्ये ३।५ प्रतिशतले मात्रै कृषि वीमाको लाभ प्राप्त गर्दा १२।५ प्रतिशतले मात्रै सरकारी अनुदान प्राप्त गरेका हुन् । राष्ट्रिय कृषि गणना २०७८ को कोशी प्रदेशस्तरीय नतिजामा यो प्रदेशमा ६६ प्रतिशत परिवार कृषक परिवार रहेका छन् । ७ लाख ८६ हजार १०८ कृषक परिवारले ५ लाख ३२ हजार ९६७ हेक्टर जग्गामा कृषिकार्य गरिरहेको कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ । कोशी प्रदेशमा कृषिकार्यबाट भएको आमदानीले वर्षभरि खान पुग्ने कृषक परिवार ४४।१ प्रतिशत रहेको छ । यस प्रदेशका उक्त कृषि योग्य जग्गामध्ये ५३।५ प्रतिशत सिँचित क्षेत्र रहेको र कूल कृषक परिवारमध्ये ६८।३ प्रतिशतले सिँचाइ सुविधा प्राप्त गरेको उल्लेख छ । यस प्रदेशमा धान खेति योग्य २ लाख ७९ हजार ३८९, मकै खेति १ लाख ७९ हजार ९१७ र गहुँ खेति योग्य जग्गा ४६ हजार ४६८ हेक्टर क्षेत्रफल रहेको छ । आँप खेति १ हजार १६९, केरा खेति १ हजार ७४९, सुन्तला खेति १ हजार ६१८, कागति खेति ७२५ र स्याउ खेति, १४९ हेक्टरमा भइरहेको छ । यस प्रदेशका कृषकहरूमध्ये ३९ प्रतिशतले ट्याक्टर, ५।८ प्रतिशतले पावरट्रिलर र १३।७ प्रतिशतले फलामे हलोले खेति गरिरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार