धरानबाट युवा ८ दिनदेखि बेपत्ता

बुधबार, २० पुस २०७९
धरानबाट एक युवा ८ दिनदेखि वेपत्ता भएका छन् । ट्युसन पढ्न जान्छु भनेर घरबाट हिडेका धरान–१७ पटनालीका १९ वर्षिय पुष्कर बराइली विश्वकर्मा बेपत्ता भएका हुन् । कक्षा १० मा अध्ययरत उनी शारीरिक रुपमा सामान्य अशक्त तथा स्पष्ट बोल्न नसक्ने भएको तर मानसिक समस्या भने नभएको उनकी आमा पुष्पाले बताएकी छन् । ८ दिनदेखि छोरा वेपत्ता भएपछि धरानमा आज पत्रकार सम्मेलन गरेर उनकी आमाले सञ्चारकर्मीहरुसमक्ष छोराको खोजी कार्यमा सहयोग पु¥याउन अनुरोध गरेकी छन् । उनले भनिन् –‘हामीले सबै आफन्त तथा साथीभाइसँग सोधखोज गरीसक्यौ कतै फेला परेन ।’ बुवा भीम बराइलीले भने –‘मेरो एउटै छोरो हो, हामीले कतै फेला पार्न सकेनौ, पुलिसले खोज्दैछौं भन्छ ८ दिन बितिसक्यो फेला पार्न सकेनौ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार