धनगढी । देशकै अर्थतन्त्र कमजोर भईरहेको बेला बित्तिय स्थिती सुधार गर्ने प्रयत्नले नयाँ युवाहरुले सानो सानो उद्योग व्यवसाय स्थापना गरी मुलूकमै आय आर्जनका प्रयास गरीरहेका छन् ।
व्यापारिक राजधानी र तराई नाकाको रुपमा चिनिएको कैलाली धनगढीमा यतिखेर नयाँ युवा उद्यमीहरु उदाएका छन् । धनगढीको सडक र शहरको स्तरोन्नति संगै नयाँ नयाँ उद्योग र व्यवसायहरु उदय भएका हुन ।
सन्दर्भमा धनगढी–१९ पच्चीस घरमा हाम्रो नेपाली मिठो अचार नामको अचार उद्योग खुलेको छ । धनगढी–१९ स्थित पच्चीस घरका नन्द भाउजूहरुले रिना बस्नेत र शान्ति कार्कीले 'हाम्रो नेपाली मिठो अचार' बजारमा ल्याएका हुन् ।
धनगढीमै तीन महिने अचार बनाउने तालिम लिएका बस्नेत र कार्कीले सोमबारदेखि आफ्नो उद्योगको अचार बजारमा ल्याएका हुन् ।
एक लाखको लगानीमा सुरू गरेको अचार उद्योगमा अहिले एघार किसिमको अचार बिक्री गर्न राखिएको उद्योग सञ्चालक रिना बस्नेतले जानकारि दिइन।
अचार उद्योगको सोमबार एक समारोहका बिच १९ नम्बरका वडा अध्यक्ष बाधुराम चौधरीले उद्घाटन गरेका थिए । उद्योग सञ्चालक बस्नेतले सबै किसिमको अचार बनाएर धनगढी लगायत देशका अन्य ठाउँमा पनि बिक्री वितरण गर्ने लक्ष्य रहेको बताएकी छन् ।
धनगढीकी युवा उद्यमी बस्नेतले उद्योगलाई एक नविन प्रयास र आय आर्जनका लागी सकारात्मक पक्ष रहेको बताइन । स्थानीयबासीहरुले पनि यस्ता उद्योगहरुबाट रोजगार सिर्जना हुने र समाजमा उदाहरणिय कार्यको थालनी हुने विश्वास ब्यक्त गरेका छन् ।
प्रतिक्रिया