इटहरी जेसीजको अध्यक्षमा सुमन

आइतबार, ०३ मंसिर २०८०
इटहरी/इटहरी जेसीजको ३६ औँ शाखा अधिबेशनबाट सुमन सुवेदी निर्वाचित भएका छ्न् । इटहरीमा मंसिर १,२ र ३ गते सम्पन्न जेसीज भवनमा सम्पन्न अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा मिलल कार्की र प्रज्वल बस्नेत निर्वाचित भए । यस्तै, सचिवमा प्रदोश ढकाल तथा उपाध्यक्ष सरोज कार्की, सरोज चौलागाईं, सन्तोष ढकाल र खगेन्द्र चौलागाईं चयन भएको निर्वाचन अधिकृत गोकुल थापाले बताए । सन् २०२४ का लागि निर्वाचित यस कार्यसमितिले आगामी वर्ष नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनको आतिथ्यतासमेत गर्नेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार