काठमाडौं। नेपाली काङ्ग्रेसका कार्यवहाक सभापति पूर्ण बहादुर खड्काले नेपाली काङ्ग्रेस संविधान, परिवर्तन र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित अगाडि बढ्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको शुभकामना आदानप्रसाद कार्यक्रममा बोल्दै उनले विगतको इतिहासको कालखण्ड जस्तै जनताले फेरि नेपाली काङ्ग्रेसबाट अपेक्षा र आशा गरेको भन्दै कमि कमजोरीहरुलाई स्वीकार गर्दै संविधान र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित अगाडि बढ्ने बताए।
उनले भने, ‘विगतको इतिहासको कालखण्ड जस्तै फेरि नेपाली काङ्ग्रेसबाट अपेक्षा र आशा गरेको छ। त्यसकारण हाम्रा विगतमा भएका कमि कमजोरीहरुलाई स्वीकार गर्दै नेपाली काङ्ग्रेस संविधानको रक्षा, परिवर्तनको रक्षा र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित हामी अगाडि बढ्छौं।’
यस्तै, उनले तरुण दलको झण्डा बोकेर लोकतन्त्र र जनताको अधिकारको रक्षाको लागि एकपटक फेरि संगठित र एकताबद्ध हुनुपर्ने भन्दै नेपाली काङ्ग्रेस एउटा नयाँ संकल्प, उत्साहा र उर्जासहित अगाडि बढ्नको लागि तयार रहेको बताए।
उनले भने, ‘तरुण दलको झण्डा बोकेर मुलुकको रक्षा, लोकतन्त्र र जनताको अधिकारको रक्षाको लागि हामी एकपटक फेरि संगठित र एकताबद्ध भएर देशभरका तरुणहरुलाई आह्वान गर्दै तयार हुन्छौ र एउटा नयाँ संकल्प, उत्साहा र उर्जासहित हामी अगाडि बढ्नको लागि तयार छौ भन्ने सन्देश पनि देशभरका तरुणहरुले दिन जरुरी छ।’
भदौ २३ र २४ गतेको घटनाले देशलाई प्रतिकूल अवस्थामा पु¥याएको पनि उनको भनाई छ। उनले भने, ‘भदौ २३ गते तीन वटा माग राखेर जेनजी युवाहरुले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा धेरै युवाहरुले ज्यान गुमाउनु पर्यो। २४ गते देशैभर ठूलो भौतिक र मानविय क्षती भयो, नेपालको इतिहासमा पहिलो पटक देशको कार्यपालिका माथि आक्रमण भयो र ध्वस्त बनाइयो। त्यो घटनाले देशलाई प्रतिकूल अवस्थामा पुर्याएको छ।’
प्रतिक्रिया