नेपालका कारण आफ्नो देशमा खतरा रहेको भन्दै भारतले उठायो प्रश्न

आइतबार, ०९ कार्तिक २०८२

काठमाडौं। नेपालमा जेन-जी आन्दोलनपछि सुरक्षा व्यवस्थालाई लिएर भारत सरकारले प्रश्न उठाएको छ। जेन-जी आन्दोलनको क्रममा सुरक्षा अंगबाट लुटिएका हतियार र भागेका अपराधीहरूको अवस्था अज्ञात रहेको भन्दै भारतले प्रश्न उठाएको हो।

खासगरी विहारमा हुन लागेको निर्वाचनको विषयमा छलफल गर्न बोलाइएका सुरक्षा अधिकारीहरुसँग भारत सरकारले चासो व्यक्त गरेको थियो। यसका साथै भारतीय प्रहरीले नेपालको सीमा क्षेत्रका कडाइ गर्न र भारततर्फ अपराधी आउन नदिने सहयोग समेत मागेको छ।

भारतीय सीमा सुरक्षा बलले नेपालका सुरक्षा अधिकारीहरुलाई विहारमा बोलाएको थियो। केही दिन अघि नेपालका सुरक्षा अधिकारीहरु भारतको विहार पुगेका थिए।

भारतको बिहार प्रदेशसँग सीमा जोडिएका नेपालका पाँच प्रदेशका सशस्त्र प्रहरी बलका डिआइजी (सशस्त्र प्रहरी नायव महानिरीक्षक)लाई एक साताअघि भारतको बिहारमा बोलाएर सुरक्षा व्यवस्था फितलो भएकाले अपराध बढ्नसक्ने आशंका व्यक्त गरेको थियो।

सुशीला कार्की नेतृत्वको सरकार गठन भएको सन्दर्भमा भारतले सशस्त्र प्रहरी बललाई निमन्त्रणामा गरेर सुरक्षा अवस्था कमजोर भएको र त्यसमा भारतीय पक्ष आश्वस्थ हुन नसकेको बताउनुलाई अर्थपूर्ण मानिएको छ। यो विषयमा सशस्त्र प्रहरी बलले औपचारिक रूपमा केही बतएको छैन।

बिहारसँग सीमा जोडिएका तथा त्यससँग सम्बन्ध राख्ने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सशस्त्र प्रहरीका डिआइजीहरू बिहार प्रदेश पुगेका थिए। भारतीय अधिकारीहरूले नेपालको वर्तमान सुरक्षा व्यवस्थाबारे भारत सरकार आश्वस्थ हुन नसकेको जनाएका थिए।

उनीहरू भारतीय सीमा सुरक्षा (एसएसबी) को निमन्त्रणामा बिहारमा गएका हुन्। मधेशबाट कृष्ण ढकाल, कोशीबाट एसएसपी विक्रम हुँमागाँई गएका थिए। बागमतीबाट अञ्जनी पोखरेल, गण्डकीबाट दीपेन्द्र शाह सहभागी भएका थिए। लुम्बिनीका डिआइजी दीपेन्द्र कुँवर भने विरामी भएको बहानामा गएनन्।

उनी त्यहाँ नगएको र लुम्बिनीको सुरक्षाको अवस्थालाई लिएर भारतीय पक्षले सशस्त्र मुख्यालयमा समेत गुनासो गरेको थियो। कुँवरले भने आफ्नोतर्फबाट प्रतिनिधि समेत पठाएका थिएनन्।

बिहारमा हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीका डिआइजीलाई वीरगञ्जपारि बिहारमा बोलाइएको थियो। सशस्त्र प्रहरीका डिआइजीहरूले जेलबाट भागेका अपराधी पक्राउमा सहयोग गरेकोमा भारतीय सीमा सुरक्षा बलको खुलेर प्रशंसा गरेका थिए। बिहारमा कात्तिक २० र २५ गते विधान सभाको निर्वाचन हुँदैछ।

सुशीला कार्की नेतृत्वको सरकार गठन भएको सन्दर्भमा भारतले सशस्त्र प्रहरी बललाई निमन्त्रणामा गरेर सुरक्षा अवस्था कमजोर भएको र त्यसमा भारतीय पक्ष आश्वस्थ हुन नसकेको बताउनुलाई अर्थपूर्ण मानिएको छ। यो विषयमा सशस्त्र प्रहरी बलले औपचारिक रूपमा केही बतएको छैन।

भारतीय पक्षले विहारमा हुने निर्वाचन अवधिभर सीमामा निगरानी, गस्ती , पेट्रोलिङ, सतर्कता बढाइदिन आग्रह गरेको स्रोतले जनाएको छ। विहारमा निर्वाचन हुन लागेका कारणका सबै सीमा क्षेत्रहरुमा कडाइ गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार