यी चारजना बन्दैछन् मन्त्री, आजै सपथको तयारी

आइतबार, ०९ कार्तिक २०८२

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्री थप गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेकी छन्। चारै जना मन्त्रीको सपथ आजै हुने बालुवाटार स्रोतले जनाएको उनीहरुको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको स्रोतले जनाएको छ।

नयाँ बन्ने मन्त्रीहरुमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन्। गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

यसअघि विभिन्न नाममा छलफल भएपनि अन्तिममा आएर उनीहरुको नाममा सहमति जुटेको हो। चार जना मन्त्री नियुक्ति भएपनि सरकारले अझै पूर्णता पाउन सकेको छैन।571140535_1385089319647286_2495113797430348821_n

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार