धनकुटा/धनकुटाको निगालेमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका १ को निगालेका ३५ बषिर्य टीका गुरुङ्ग, उनकि श्रीमती ३६ बषिर्या भीमा र ११ बषिर्य छोरा आयुष घरभीत्रै मृत फेला परेको प्रहरीले जनाएको छ । टीका घरभीत्रै झूण्डिएको, श्रीमती र छोरा सुतिरहेकै अबस्थामा मृत फेला परेको धनकुटाका प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले बताए । घरायासी वादविवादका कारण श्रीमती र छोराको हत्या गरि आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । घट्नाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ
प्रतिक्रिया