इलाम : इलाम बजारमा आज(शनिवार) बिहान भएको दुर्घटनाबाट एक जना घाइते भएका छन ।
बससँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार इलाम नगरपालिका १० गोदकका ३० वर्षका विष्णु मगर घाइते भएका छन ।
उनको टाउको र खुट्टामा चोट लागेको इलाम अस्पतालले जानकारी दिएको छ । उनको इलाममा उपचार सम्भव नभए पछि झापा तर्फ थप उपचारमा पठाइएको छ ।
इलाम बजारबाट धोबिधारा तर्फ जाँदै गरेको बा प्र ०८ ००१ख ०००७ नम्बरको बस र इलाम बजारतर्फ आउँदै गरेको मे १० प २९६५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । बस र बसका चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
प्रतिक्रिया