मोरङको कसेनीमा आगलागी, १५ लाखको क्षति

विहीबार, ०७ मंसिर २०८०
विराटनगर । मोरङको कसेनीमा बिहीबार आगलागी भएको छ । बेलबारी नगरपालिका–५ कसेनी बजारमा पसल सञ्चालन गरिएको घरमा आगो लागेको हो । विद्या भगतको २ तले टाँडे घरमा बिहान १०ः१५ बजेतिर अचानक आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भगतको घरमा भाँडा, किराना र सनपाटको पसल थियो । स्थानीय, प्रहरी र विभिन्न ठाउँबाट आएका दमकलको सहयोगमा लगभग डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आगोले घरसहित घरमा सञ्चालित पसलमा रहेका सामानहरु जलेका छन् । आगालागीमा १५ लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ । घटनामा मानवीय तथा चौपाया क्षति नभएको जनाइएको छ । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार