हो अहिले निमार्ण सम्पन्न भएको केही समय नबित्दै खानेपानीले इलाम नगर बासीलाई खानेपानीले दुःख दिन थालेको छ । यसले पनि अहिले नगर बासीले खानेपानीको भविष्य के होला भनेर प्रश्न खडा गर्न सुरु गरेका छन् । केही दिन यता इलाम बजारमा खानेपानीको समस्या देखिएको छ तर नगरपालिका उक्त समस्याको बारेमा बेखबर जस्तै बनेको देखिन्छ ।
इलाम नगरपालिका ७ मा रहेको इलाम अस्पतालमा पानीको समस्या भएर नगरपालिकाको खानेपानी शाखामा सम्पर्क गर्दा सम्पर्क हुन नसकेको अस्पतालका कर्मचारी कमलनिधि चापागाईँले सामाजिक सञ्जाल मार्फत समस्या व्यक्त गरेका छन् । उनले लेखेका छन् – अस्पतालमा पानीको समस्या भएर सम्पर्क गरेको फोन नै उठेन न त कल ब्याक नै आयो” ।
यस्तै इलाम नगरपालिका ७ कै होटेल सञ्चालक डम्बर सापकोटाले समेत नगरको खानेपानी शाखामा सम्पर्क गर्दा फोन नउठेको बताएका छन् । कहिले आउँछ धारामा पानी ? के पानी दिन नसकेर हो फोन नउठाएको ? भन्दै उनले सामाजिक सञ्जाल फेसबुक मै नगरपालिकालाई प्रश्न समेत सोधेका छन् ।
उता इलाम नगरपालिका ९ का दीपेन्द्र कट्टेलले भने नगरपालिकाले एउटा बोल्ने काम अर्कै गर्ने गरेको बताएका छन् । अहिले इलाम बजारमा खानेपानी समस्या देखिएको छ । तर, साना सहरी खानेपानी आयोजनाका अध्यक्ष, इलाम नगरपालिकाका प्रमुख केदार थापाले भने बजार क्षेत्रमा पानी वितरणको ठुलो सञ्जाल रहेको र खानेपानीको मुहान टाढा भएकाले बिचबिचमा समस्या आई रहने त्यसलाई मिलाई रहेको बताउने गरेका छन् ।
कसरी शुरुभयो आयोजना ?
एसियाली विकास बैङ्क एडिबीको आर्थिक सहयोगमा २४ महिनामा सक्ने सम्झौतामा आयोजनाको काम भएको हो । आर्थिक वर्ष ०७७/७८ सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको प्रारम्भिक तयारी सुरु गरे पनि समयमा काम सम्पन्न भएको थिएन ।
एसियाली विकास बैङ्क एडिबी को आर्थिक सहयोगमा ५७ करोड, ९५ लाख, ७ हजार ४ सय ४७ रुपामा खानेपानी आयोजनाको ठेक्का लागेको थियो । यो आयोजना जिल्लाकै अहिलेसम्मकै ठुलो खानेपानी आयोजना हो । ३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा सम्पन्न गर्ने सम्झौता पत्रमा उल्लेख छ । सम्पन्न भएको एक वर्ष आयोजनाले नै मर्मत सम्भार गर्ने सम्झौतामा उल्लेख छ । आयोजनाले समयमा काम त सम्पन्न नगरे पनि पानी वितरण हुन थाल्दा पनि खानेपानीको समस्या सुरु भएको छ ।
खानेपानी ल्याउनका लागि शुरुमानै प्रति घरधुरी १५ हजार २०० का दरले रकम उठाइएको थियो । खानेपानी आयोजनाका लागि सन्दुकपुर गाउँपालिकामा रहेका तीन वटा र भाँडी खोलाबाट पानी ल्याइएको छ ।
प्रतिक्रिया