बालबालिका मार्फत समाजका धेरै जना नागरिकहरूलाई बालबालिकाहरू माथि हुने शारीरिक मानसिक दण्ड तथा यौनजन्य दुर्व्यवहारका सूचना प्रवाह गर्न सकिने साथै बालबालिकाहरू लागु औषधमा धेरै फस्ने भएकोले न्यूनीकरण गर्न सहयोग पुग्ने भएकोले बालबालिकाहरूका लागि सचेतना कर्यक्रमहरु सञ्चालन गर्दै आएको उनले बताए ।
इलाका प्रहरी कार्यालय इटहरी प्रहरी निरीक्षक शम्भु बस्नेतले लागु औषध न्यूनीकरण सम्बन्धी सहजिकरण गरेका थिए । उनले बालबालिकाहरूलाई लागु औषधमा नफस्न र यसले आफूलाई मात्र असर गर्ने नभई आफ, घर, परिवारलाई पनि असर गर्ने भएकोले यसमा नफस्न आग्रह गरे ।
प्रतिक्रिया