मोरङमा भारतबाट ल्याइएको माछा बरामद

विहीबार, १४ मंसिर २०८०
विराटनगर । भारतबाट ल्याइएको अवैध माछा प्रहरीले बुधबार राति मोरङमा बरामद गरेको छ । प्रहरीका अनुसार सुनवर्षी नगरपालिका–७ बरडंगाबाट राति १० बजेतिर लगभग १ सय किलो मुङ्ग्री जातको माछा बरामद गरिएको हो । मोटरसाइकलमा राखेर भारतबाट अवैध रूपमा ल्याउँदै गर्दा माछा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार माछा लगभग ३० हजार मूल्य बराबरको छ । माछा तस्करीमा संलग्न भने प्रहरीलाई देखेपछि मोटरसाइकल ल्याएर फरार भएको दाहालले बताए । उनका अनुसार माछा छाडेर भागेकाको खोजी जारी छ । बरामद गरिएको माछा नष्ट गरिने प्रहरीले जनाएको छ । भारतबाट माछा नेपालमा आयात गर्न प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार