झापाको शिवसताक्षीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

विहीबार, १४ मंसिर २०८०
झापा/ झापाको शिवसताक्षीमा आज साँझ मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । आज साँझ ०६ः५० बजेको समयमा पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र. १–०१–०१६ प ४३९० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ हिँड्दै गरेका पैदलयात्रीलाई पछाडिबाट ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेका उनको बिर्तामोडको बिर्तासिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । नाम थर वतन नखुलेका पुरुषको साँझ साढे सात बजे मृत्यु भएको हो । उनको शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालक झापा कमल १ का अन्दाजी २० वर्षीय सागर तामाङको हातमा चोट लागेकोले स्थानीय शिवम मेडिकलमा सामान्य उपचारपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार