झापा । झापाको मेचिनगर नगरपालिका–१० टिकापुरस्थित नागरडुब्बा खोलाको किनारमा एक पुरुष बेवारिसे अवस्थामा फेला परेका छन् । आज (सोमबार) बिहान करिब ७:३० बजे अन्दाजी ३५/३६ वर्षको उक्त पुरुष स्थानीयले खोलाको किनारमा लडिरहेको देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
जानकारी पाउँदा साथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली घटनास्थल पुगेर उक्त पुरुषलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बोल्न नसक्ने र गम्भीर अवस्थामा रहेका ती पुरुषको पहिचान हालसम्म खुलेको छैन ।
प्रहरीले हाल उनको परिचय खुलाउने कार्य जारी रहेको र आफन्तको खोजी भइरहेको जनाएको छ ।
प्रतिक्रिया