प्रहरीले राजवंशीको पसलबाट ‘रेडीमेड टोबाक्को’ लेखिएको ३ हजार १ सय ४० थान अन्तःशुल्क स्टिकर बरामद गरेको छ । राजवंशीलाई थप अनुसन्धान एवं कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइने डिएसपी दाहालले बताए ।
राजस्व छली गर्नलाई भोला गुट्खाको ‘प्याकेट’मा प्रयोग भइसकेको स्टिकर निकालेर पुनः प्रयोगका लागि उनले पठाउने गरेको प्रहरीको दाबी छ । राजवंशीले उक्त स्टिकर विराटनगरतिर आफूले पठाउने गरेको बताएका छन् । तर, कसलाई पठाउने गरेका थिए भन्ने खुलिसकेको छैन । प्रहरीका अनुसार यसअघि नै प्रयोग भइसकेको स्टिकर निकाल्दै गुट्खाको खोल र मदिराको बोतललगायतमा पुनः टाँसेर राजस्व छली गर्ने गरेको खुलेको छ ।
गुट्खा, मदिरालगायतका वस्तु अन्तःशुल्क स्टिकर लगाएर मात्रै बजारमा पठाउन पाइन्छ । ‘प्रयोग भइसकेको स्टिकर उप्काएर पुनः प्रयोगका लागि पठाउँदै राजस्व छली गर्ने गरेको पाइएको छ,’ प्रहरीका एक अधिकारीले भने, ‘त्यस्ता स्टिकर स्थानीय व्यापारीसँग पनि सङ्कलन गर्ने गरेको पत्ता लाग्यो ।’
स्थानीय व्यापारीबाट सङ्कलन गर्दै आफ्नो घरमा जम्मा पारेर राजवंशीले स्टिकर विराटनगरतिर पठाउने गरेका हुन् । प्रहरीका अनुसार स्टिकरको दुरुपयोग गरेर राजस्व छली गर्ने धन्दामा ठुलै गिरोह संलग्न छ । आन्तरिक राजस्वको अनुसन्धानपछि थप कुरा प्रस्ट हुने र अन्तःशुल्क स्टिकर दुरुपयोगमा संलग्न गिरोहका बारेमा पत्ता लाग्ने बताइएको छ ।
प्रतिक्रिया