भालुको आक्रमणबाट घाइते महिलाको उपचारमा समस्या

बुधबार, २७ मंसिर २०८०
मुगु । सोरु गाउँपालिका ३ भिई काटिगाँउकी ४२ वर्षीया उम्मा धामी मंसिर २३ गते अइन भन्ने स्थानमा बाख्रा चराउन गएको बेला भालुको आक्रमणमा सिकिस्त घाइते भइन् । जिल्ला अस्पतालमा प्रारम्भिक उपचार त भयो । तर त्यहाँ थप उपचार हुन नसक्ने भएपछि उनलाई नेपालगन्ज पठाइयो । आक्रमणको भोलिपल्ट उनलाई रिफर गरी नेपालगन्जमा रहेको एक नर्सिङ्ग होममा लगिएको थियो । उपचारका लागि लगिए पनि खर्च नहुँदा परिवारलाई समस्या परेको छ । उनका छोरा रामचन्द्र धामीले खर्च अभावमा राम्रोसँग उपचार गर्न नपाएको बताए । घरमा रहेको बाख्रा र अन्न बिक्री गर्दा करिब ३ लाख जम्मा भएको तर त्यसले पनि उपचार खर्च नपुग्ने भएको भन्दै उनका श्रीमान् तबिल धामीले सहयोगका लागि आग्रह गरेका छन् । भालुले आक्रमण गर्दा उम्माको टाउको, अनुहार, छातीलगायत शरीरका विभिन्न भागमा चोट छ । आँखा मास्तिरको हड्डी भाँचिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनका दुईवटा करङ पनि भाँचिएका छन् । विभिन्न परीक्षण र औषधि गर्दा भएको रकम सकिएको भन्दै परिवारले थप उपचार गर्न समस्या भएको बताएको छ । उम्माका श्रीमान् तबिलले उपचारका लागि सहयोग गरिदिन मनकारीहरुसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार