धरानमा विमानस्थल जसरी नि बन्छ : मेयर साम्पाङ

सोमबार, ०९ पुस २०८०
निशा राई धरान / धरान उपमहानगरपालिकाको हर्क साम्पाङले धरानमा जसरी भएपनि धरानमा विमानस्थल बनाइ छाडने दाबी गरेका छन् । उँधौली,चासोक, ल्होसार र ख्रिष्टमस पर्वको अवसरमा फोटो पत्रकार सङ्घ सुनसरीले आयोजना गरेको   शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मेयर साम्पाङले  सो दाबी गरेका हुन । उनले विमानस्थल बनाउँदा कुनै बाधा अड्चन आए कानुन परिमार्जन गरेर भए पनि विमानस्थल बनाइ छाडने दाबी समेत गरेका छन् । मेयर साम्पाङले  विमानस्थल बनाएको खण्डमा मात्र धरानको पूर्ण रूपमा विकास हुने भएका लागि यसतर्फ सबै धरानवासी एकजुट हुनुपर्ने कुरामा समेत जोड दिए । उनले धर्मका नाममा धेरै बहस नगरी देशको राष्ट्र गानलाई बुझन आग्रह गरेका छन् । साम्पाङले एक धर्मले अर्को धर्मलाई स्वीकार गरेर अघि बढ्न सकेको खण्डमा सबैको कल्याण हुने जिकिर गरेका छन् । कार्यक्रममा धरान उपमहानगरपालिकाको उपमेयर आईन्द्र विक्रम बेघाले सबै धर्म एकै भएकोले धर्मका नाममा झगडा गर्न नहुने कुरामा जोड दिए । कार्यक्रममा प्रा.डा.टङ्कप्रसाद न्यौपाने, डा।राजेन्द्र शर्मा,अग्रज पत्रकार हर्ष सुब्बा,पत्रकार महासङ्घ सुनसरीको अध्यक्ष जनकऋषी राई, महिला सञ्जाल सुनसरीकी अध्यक्ष सपना राई लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार