अनावश्यक रूपमा सङ्घमा धरौटीको कुरा ल्याएपछि पटक पटकको लबिङ पश्चात् हटाउन सफल भए पनि बेला बेलामा परामर्श सङ्घलाई आक्रमण हुने गरेको जिकिर समेत गरेका छन् ।
कार्यक्रममा संस्थाका महासचिव दीपकराज भुसालले पनि आफूहरूलाई चौतर्फी आक्रमण भइरहेको बताए । उनले आफूहरू निर्वाचित भएर आएपछि ब्यावसायको हितमा निरन्तर लागि परेको जिकिर समेत छन् । उनले संस्थागत हितका लागि अमेरिका,अस्ट्रेलिया,क्यानडा,जापान सहितका देशहरूमा विद्यार्थी पठाउनका लागि भइरहेको समस्याका बारेमा निरन्तर छलफल पश्चात् समाधान गर्न सफल भएको बताए ।
उनले संस्थामा रहेका सदस्यहरूको हितका लागि काठमाडौँको मोडिसिटी अस्पतालमा उपचार गर्दा सौलियतको व्यवस्था मिलाएको बताए । उनले जिल्ला शाखाहरूलाई संस्थागत हितका लागि एकताबद्ध भएर लाग्न समेत आग्रह गरेका छन् ।
कार्यक्रममा केन्द्रीय सचिव भवनाथ हुमागाईँ,कोषाध्यक्ष आसिक कार्की,केन्द्रीय सल्लाहकार विष्णु पोखरेल,झापा जिल्ला अध्यक्ष मिलन ओली,ई क्यानका कोसी प्रदेशका प्रमुख सल्लाहकार कमल तिम्सिना लगायतले बोलको थिए ।
कार्यक्रमकै पहिलो सत्रमा संस्थामा महत्त्वपूर्ण योगदान पुर्याएबापत संस्थाका प्रमुख सल्लाहकार कमल तिम्सिना र संस्थापक अध्यक्ष रोशन निरौलालाई सम्मान समेत गरिएको छ ।
कार्यक्रममा संस्थामा नबिरकण गर्ने सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको ई -क्यान पूर्वाञ्चल अध्यक्ष प्रकाश लकान्द्रिले बताए ।
प्रतिक्रिया