सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–६ कुवापानीका ४६ वर्षीय छोरा हत्याको आरोपमा पक्राउ परेका ४५ वर्षीय बुबा नयाँराम बुढाले आरोप स्विकारेका छन् ।
उनले प्रहरीसमक्ष आफूलाई टर्चर दिएकाले हँसियाले हानेर हत्या गरेको प्रारम्भिक बयान दिएका छन् ।
प्रहरीसँगको भिडिओ बयानमा उनले भनेका छन्, ‘‘मलाई टर्चर गरेको गरै गर्याे । मार्छु र काट्छु भनेकोले मैले आँसीले हानेर मारेँ । उसले मलाई पनि मार्न खोज्यो । हान्यो पिट्यो । मैले मारिदिए ।’’
उनीविरुद्ध छोरीमाथि बलात्कारको आरोपसहित किटानी जाहेरी पनि परेको छ ।
प्रारम्भिक अनुसन्धानमा युवकको बलात्कार घटनासँग जोडिएको इन्स्पेक्टर कृष्णबहादुर खड्काले बताएका छन् । उनले २ माघमा आफ्नै १८ वर्षीय छोराको हँसिया प्रहार गरी हत्या गरेको आरोप छ ।
बहिनीलाई बलात्कार गरेको भन्दै दाइ भरतले बुबाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।
प्रतिक्रिया