हिजो यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव दिन ढिलाइ गरेको भन्दै मृतकका आफन्त आक्रोशित बनेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम गृह अगाडि जम्मा भएका मृतकका आफन्त र परिवारका सदस्यले धेरै समय पर्खिनुपरेको भन्दै विरोध जनाएका हुन् । शव पहिचान भएको २४ घन्टा बितिसक्दासमेत शव बुझ्न नपाएको भन्दै उनीहरु आक्रोशित बनेका छन् ।
अस्पतालले पहिचान भएका र पोस्टमार्टम भएका शव पनि आफन्तलाई दिएको छैन । अस्पतालले सबै शव जम्मा भएपछि मात्र सोमबारबाट दिने बताएको थियो । तर, पहिचानका शव पनि दिन ढिला गरेको भन्दै आफन्त आक्रोसित बनेका छन्
दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको छ । शव भेटिएकामध्ये २६ जनाको पहिचान भएको छ । चार जनाको शवको खोजी भइरहेको छ । भेट्न बाकी चारै जना बालबालिका रहेका छन् । उनीहरुको शवको खोजी कार्य भइरहेको छ ।
प्रतिक्रिया