हात्तीको आक्रमण बाट बराहक्षेत्रमा ६५ वर्षिय एक पुरुषको ज्यान गएको छ ।
हात्तीको आक्रमणमा परि बराहक्षेत्रमा ५ सिमरबन बस्ने धनबहादुर माझीको ज्यान गएको हो।
माझीको घटना स्थलमै मृत्यु भएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए ।
जनजागृती सामुदायिक वनले खनेको पोखरी छेउमा घाँस काट्न गएका ६५ बर्षको माझीलाई मंगलबार करिब बिहानको ११ बजेको समयमा हात्तीले आक्रमण गरेको थियो ।
बराहक्षेत्र नगरपालिका वडा नम्बर १,२,३,५,७ वडामा करिब महिना दिनदेखि दैनिक हात्तीको आतंक चलिरहेको छ।
प्रतिक्रिया