झापा । फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेपाली कांग्रेस निकट लोकतान्त्रिक व्यवसायिक समूहले अध्यक्ष सहितका उम्मेद्वारहरुको नामावली सार्बजनिक गरेको छ ।
मंगलवार बिर्तामोडस्थित संघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै राजु न्यौपाने नेतृत्वको टिमको उम्मेद्वारी घोषणा गरिएको हो । उम्मेद्वारी घोषणा कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने अध्यक्ष पदमा उम्मेद्वारी दिने बताइएको छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष पदका लागि सञ्जीव घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल हुमागाईले उम्मेदवारी घोषणा गरेका छन् ।
महासचिवमा कुशल खतिवडा, उद्योग सचिवका लागि पुकार बराल, वाणिज्य सचिवमा राजकुमार साह, कोषाध्यक्ष पदका लागि दिपक मित्तल र सहकोषाध्यक्ष पदमा तिलोत्तमा खत्रीले उम्मेदवारी दिने बताइएको छ ।
यता सदस्यहरु योगेश शर्मा (भट्टराई), दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, अरुण जैन, डिल्ली कोइराला, श्यामकृष्ण पाठक रहेका छन् भने महिला सदस्यहरुमा निशा साह (गुप्ता) र सुशीला बस्नेत कार्कीको उम्मेद्वारी रहने प्रचारप्रसार विभाग प्रमुख बलराम कार्कीले जानकारी दिए ।
बिर्तामोडलाई औद्योगिक तथा व्यवसायिक हबका रुपमा विकास गर्न त्यसको स्पष्ट मार्गचित्र तयार गरी सम्बन्धित निकायहरुसँग समन्वय गरी कार्यान्वयनमा ल्याइने लगायत २१ बुँदे प्रतिबद्धता समेत सो समूहले व्यक्त गरेको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा भएको उम्मेद्वारी घोषणा कार्यक्रम नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलाको अध्यक्षतामा भएको थियो ।
प्रतिक्रिया