भूकम्पपछि महिला तथा बालबालिका थप असुरक्षित हुँदै गएको अधिकारकर्मी शोभा सिंहले बताइन्। ‘भूकम्पपछि संरक्षणको पाटो कमजोर हुँदा बालबालिका र महिलाहरू शारीरिक तथा मानसिक हिंसाको सिकारमा परेका छन्’, उनले भनिन्, ‘भूकम्पले आर्थिक सामाजिक अवस्थासँगै जनजीविकाका क्षेत्रमासमेत गम्भीर असर पारेको छ। त्यसको पत्यक्ष प्रभाव महिला र बालबालिकाको सुरक्षामा समेत परेको छ। यस विषयमा सरोकारवाला निकाय गम्भीर हुन जरुरी छ।’अरू बेलाभन्दा विपद् र त्यसपछिको अवस्थामा जबर्जस्ती करणी, यौनदुव्र्यवहार, घरेलु हिंसा, लुटपाटलगायतका घटना घटन सक्ने भन्दै सुरक्षाकर्मीलाई चनाखो रहन निर्देशन दिइएको जिल्ला प्रहरी प्रमुख रोकामगरले जानकारी दिए। उनले जबर्जस्ती करणी र घरेलु हिंसाका घटना बढ्दै जान थालेपछि प्रहरीलाई गस्तीमा पठाउने गरिएको बताए। भौगोलिक विकटता, प्रहरी युनिट र दरबन्दीको अभावलगायतका कारण समस्या भएको उनले बताए। आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया