बेलबारीका विमल लिम्बू ब्राउन सुगर सहित पक्राउ

विहीबार, ०३ फागुन २०८०
विराटनगर । विराटनगरबाट लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित एक जना युवकलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–३ का २६ वर्षीय विमल लिम्बू रहेका छन् । भारतको जोगवनीदेखि ब्राउन सुगर खरिद गरेर पैदल नै नेपालतर्फ आउँदै गरेका लिम्बूलाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले बिहान १० बजेतिर पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा उनको साथबाट २.९९ ग्राम खैरो हेरोइन बरामद भएको थियो । लिम्बूलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनीविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार