मनकारी अधिकारीको परोपकारी काम

शुक्रबार, ०४ फागुन २०८०
इटहरी - सुनसरीको इटहरी २ स्थित श्री शान्ति आधारभूत विद्यालयलाई स्थानीय समाजसेवी जगनिधि अधिकारीले एक लाख १ हजार रुपैयाँ सहयोग गरेका छन् । विद्यालयका २ जना गरिब तथा जेहेन्दार विद्यार्थीको पढाइका लागि अधिकारीले सहयोग गरेको बताएका छन् । साथै उनले इटहरी २ मै रहेको तिरुपति शिव मन्दिरमा दैनिक पूजा अर्चना गर्न सहयोग पुगोस् भनेर पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् । यस अघि पनि अधिकारीले सोही ठाउँको महेन्द्र माद्यामिक विद्यालयमा पनि १ लाख १ हजारको अक्षयकोष राख्नुका साथै सो ठाउँका दर्जन बढी संघसंस्थाहरुलाई विभिन्न खाले सहयोग गर्दै आएका छन् । स्थानीय सामाजिक अभियन्ता राजु बस्नेतले आफूले उहाँलाई चिन्दा देखि समाजसेवीका रूपमा जानेको बताए । बस्नेत भन्छन्- उहाँले यहाँका सङ्घ संस्था स्थापना गर्दा देखि जस्ता सुकै सामाजिक कामहरूमा गरेको योगदान निकै महत्त्वपूर्ण हुने गरेको छ । बस्नेत भन्छन्- अहिले दश रुपैयाँ दिँदा समेत प्रचार गर्ने चलन हुँदा उहाँले कहिले पनि प्रचारमा आउन नमान्नु नै हाम्रो लागि उत्प्रेरणाको विषय हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार