महिला प्रहरी हत्याको कारण डिभोर्सको मुद्दा

शनिबार, ०५ फागुन २०८०
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले महिला प्रहरी जवानको हत्याको कारण अंश सहित सम्बन्ध विच्छेदको (डिभोर्स) मुद्दा भएको प्ररारम्भिक अनुमान गरेको छ । महिला प्रहरी जवान धनमाया थापाको गोली हानी हत्या गर्ने उनका श्रीमान् याम बहादुर झाँक्रीले प्रहरीलाई दिएको बयान अनुसार माघ महिनामा अंश सहित डिभोर्सको मुद्दा हालेको एसएमस मोबाइलमा पठाएपछि उनले हत्याको योजना बनाएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए । प्युठानको नौबहिनी गाउँपालिका–४ खबाङ निवासी प्रहरी सहायक हवलदार यामबहादुर झाँक्री र सुर्खेत पञ्चापुरी नगरपालिका– ९ बिद्यापुर घर भएकी धनमायाका बीचमा २०७४ सालमा विहे भएको थियो । उनिहरुबाट जन्म भएकी एक छोरी मावली घरमा बस्दै आएकी छन् । झाँक्री एकदिन अघि घोराही आएका थिए प्युठानको नौबहिनी गाउँपालिका–४ खबाङ निवासी प्रहरी सहायक हवलदार यामबहादुर झाँक्री दाङको घोराहीमा श्रीमतीको हत्या गर्नु एक दिन अघि अर्थात फागुन २ गते आइपुगेका थिए । २ दिनसम्म बसेर धनमायाकोको चियोचर्चो गरेका झाँक्रीले घोराहीको दमोदर चोकमा डिउटीमा खटिएको बेला बिहीबार ९हिजो० राति ८ः२० बजे धनमायामाथि गोली बर्साएका थिए । भे१२प ११५० नम्बरको पल्सर मोटरसाइकलमा आएका झाँक्रीले ३ राउण्ड गोली प्रहार गरेका थिए । गोली धनमायाको छाती र कोखामा लगोको थियो । गोली प्रहारबाट घाइते भएकी धनमायाको उपचारका क्रमममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ८ः४० बजे मृत्यु भएको थियो । गोली प्रहार लगत्तै भाग्दै गरेका झाँक्रीलाई प्रहरीले घटना भएको २१ मिनेट भित्र घोराही लमही सडको अर्जुन खोलाबाट पक्राउ गरेको थियो । पक्राउ परेका झाँक्रीको साथबाट प्रहरीले एक थान पेस्तोल र ७ राउण्ड गोली बरामद गरेको छ । झाँक्रीले प्रयोग गरेको हतियार प्रहरीकै भएको खुलेको छ । प्रहरी तालिम केन्द्र नेपालगञ्जका प्रशिक्षक ९गुरु बा० समेत रहेका उनले हतियार उतैबाट ल्याएको डिएसपी मल्लले जानकारी दिए । झाँक्रीले फागुन २ गतेदेखि लागू हुनेगरी ४ दिनको विदा लिएका थिए । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत धनमायाको डिउटी बिहीबार साँझ ६ बजेदेखि १० बजेसम्म दामोदर चोकमा थियो । राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार