बिरामी पाडोको मासु खाँदा २५ जना बिरामी

बुधबार, ०९ फागुन २०८०
दैलेख । ठाटी काँध गाउँपालिका–१ मा पाडोको मासु खाँदा २५ जना स्थानीय बिरामी परेका छन् । मासु खाँदा नदाई तुलिकोमा सुजीटोलका २५ जना बालबालिका, वृद्धवृद्वा बिरामी परेका हुन् । २५जनालाई अस्पतालमा ल्याएर उपचार गरिएको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रका अहेव धोजबहादुर थापाले जानकारी दिए । बिरामीमा पखाला लाग्ने, ज्वरो आउनेलगायतका लक्षण देखिएको उनले बताए । सुरुमा सामान्य ठानिए पनि बिरामीको संख्या बढ्दै जान थालेपछि गाउँपालिकाको एम्बुलेन्सबाट प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्र पु¥याएर उपचार गरिएको ठाटीकाँध गाउँपालिका वडा– १ का वडा अध्यक्ष चक्र कामीले जानकारी दिए । बिरामी परेको पाडोलाई काटेर खादा दुवै टोलका दलित समुदाय बिरामी परेका उनले बताए । बिरामीहरू सन्चो भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार