इटहरीमा ट्रकको ठक्करबाट पौडेलको घटनास्थलमै मृत्यु

विहीबार, १० फागुन २०८०
इटहरी - इटहरीमा ट्रकको ठक्करबाट एक वृद्धा महिलाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बिहीबार (आज) दिउँसो १ बजेतिर इटहरी ४ स्थित बूढीखोला पुल नजिकै बाटो काट्ने क्रममा ना ४ ख ३२८४ नम्बरको ट्रकको ठक्करबाट वृद्धाको मृत्यु भएको हो । मृत्यु हुनेमा इटहरी ६ बस्ने ७० वर्षीया दुर्गा पौडेल रहेकी छन् । ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार मृतकको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरी आजै साँझ बूढीगंगा जमुना मुक्तिघाटमा अन्त्येष्टि गरिएको छ । प्रहरीले ट्रक चालक सुमन बुढाथोकीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार