बिर्तामोडमा तीनतलाबाट लडेर घाइते भएका ६ वर्षीय बालकको उपचारका क्रममा मृत्यु

विहीबार, १० पुस २०८२

झापा । बिर्तामोड नगरपालिका–४ आगमन टोलमा घरको रेलिङबाट लडेर घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ। आफ्नै तीनतले घरको माथिल्लो तलामा खेल्ने क्रममा लडेका ६ वर्षीय रियान्स कार्कीको बिर्तामोडस्थित बिएनसी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

गएको पुष २ गते राति करिब २०ः१५ बजे रेलिङ नजिक खेलिरहँदा उनी अचानक तल झरेपछि गम्भीर घाइते भएका थिए। परिवारले उनलाई तत्काल उपचारका लागि बिएनसी अस्पताल पुर्‍याएको थियो। चिकित्सकको निगरानीमा उपचार जारी रहँदा हिजो (बिहीबार) ७ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

मृतकको शव सोही अस्पतालमै सुरक्षित राखिएको छ। घटनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर घटनास्थलको तथ्यसम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटना कसरी भयो भन्नेबारे थप विवरण सङ्कलन भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार