मोटरसाइकल दुर्घटनामा पतिको मृत्यु, पत्नी घाइते

शुक्रबार, ११ फागुन २०८०
विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–८ मा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । नेपालटारबाट सदरमुकाम गाईघाट जाँदै गरेको प्रदेश १–०५–०१ क ००३५ नम्बरको ट्रकमा को–२८ प ७०८६ मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक उदयुरगढी–६ का ३४ वर्षीय रत्नकुमार तामाङ र पछाडि सवार उनकी ३३ वर्षीया श्रीमती उर्मिला तामाङलाई घाइते भएका थिए । जिल्ला अस्पताल गाईघाटमा उपचारका क्रममा रत्नकुमारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक ४० वर्षीय बिनोदकुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार