भेजिनाइटिस के हो ? जानौं यसका लक्षण

बुधबार, १६ फागुन २०८०
एजेन्सी । कतिपय महिलाहरुलाई भेजाइना यानिकी योनीमा चिलाउने, दुख्ने र सामान्य भन्दा धेरै सेतो पानी बग्ने समस्या हुन्छ । यस्तो समस्याहरु भेजिनाइटिसको कारण हुन्छ । आउनुहोस् जानौं भेजिनाइटिस के हो र यसका लक्षण– भेजिनाइटिस योनीमा हुने संक्रमणलाई भनिन्छ । यो समस्या ब्याक्टेरिया, फंगल इन्फेक्शन र भाइरसको कारणले हुने गर्छ । यदी यो समस्यालाई समयमै उपचार गरिएन भने यसले ठूलो समस्याको रुप पनि लिन सक्छ । यो समस्या संक्रमणहरुको कारणले हुने गर्छ । यस्तो संक्रमणमा क्याडिडिओसिस, ब्याक्टेरियल वेजिनोसिस, ट्राइकोमोनिएसिस आदि समावेश छन् । त्यस्तै यो समस्या एस्ट्रोजन हर्मोनको कमी, संक्रमण, कन्डोम र टेम्पोनको प्रयोग, साबुन, क्रीम र स्प्रे आदिको प्रयोग तथा एन्टीबायोटिक औषधीहरुको कारणले पनि हुन सक्छ । भेजिनाइटिसको कारणले शरीरमा कैयौं लक्षणहरु देखिन सक्छन् । यसमा योनी पोल्ने, अत्यधिक सेतो पानी बग्ने, योनी सुन्निने, पिसाव गर्दा दुख्ने, शारीरिक सम्बन्ध बनाउँदा समस्या हुने र योनीबाट दुर्गन्ध आउने जस्ता समस्याहरु हुन सक्छन् । यो समस्याबाट बच्ने उपायहरु यो विमारीबाट बच्नका लागि तपाईं क्यामिकल भएका तथा सुगन्धित टेम्पोन, प्याड तथा साबुन जस्ता चीजहरुको प्रयोग गर्नबाट बच्नुहोस् । नुहाउने समयमा सधै सफा पानीले योनीको सफा गर्नुहोस् । सुतीको भित्री लुगाहरु लगाउनुहोस् । भेजाइनल एरियालाई सधैं सुख्खा राख्नुहोस् जसले गर्दा संक्रमण पनि फैलँदैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार