पशुपतिमा भक्तजनको भीड (फोटोफिचर)

शुक्रबार, २५ फागुन २०८०
काठमाडौं । आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुँइचो लागेको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइदैछ । पशुपतिनाथमा विहान २ बजेदेखि नै चार वटै ढोका खोलिएका छन् । रातिदेखि लाइनमा बसेका दर्शनार्थीले अहिले धमाधम दर्शन गरिरहेका छन् । शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आइपुगेका छन् । यसवर्ष २० लाख भक्तजनले पशुपतिको दर्शन गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तस्बिर- बिजेन अमात्य/नेपाल न्यूज बैंक  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार