प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

बुधबार, ३० फागुन २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक संसद्मा विश्वासको मत पाएका छन् । बुधबारको संसद बैठकमा उपस्थित २७० सांसदमध्ये १५७ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका हुन् । नेपाली कांग्रेससहित ११० जनाले विपक्षमा मतदान गरे भने एक जना सांसद तटस्थ बसे । प्रधानमन्त्री दाहाललाई एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति लगायतले विश्वासको मत दिएका हुन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए । उनले पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसदमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले विश्वासको मत दिएका थिए । नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त गर्ने प्रधानमन्त्रीका रूपमा उनको नाम लेखिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार