विराटनगरमा नाेबेल अस्पतालमा कार्यरत स्टाफ नर्सकाे हत्या

शुक्रबार, ०२ चैत्र २०८०
विराटनगर । विराटनगरकाे नाेबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्सकाे हत्या भएकाे छ । माेरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालमा अनुसार हत्या गरेर फालेकाे अवस्थामा विराटनगर महानगरपालिका- ४ स्थित एउटा घरमा २२ वर्षीया चन्द्रिकाकुमारी दासकाे शव फेला परेकाे हाे । विराटनगरकाे नाेबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स दासकाे शव डेरा बसेकाे घरभित्र भेटिएकाे उनले बताए । सिराहाकाे फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर- ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीकाे घरमा डेरा बस्दै आएकी थिइन् । डीएसपी दाहालका अनुसार डेरा बसेकाे घरकाे काेठाभित्रकाे शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेकाे हाे । धारिलाे हतियार प्रहार गरेर हत्या गरेकाे अवस्थामा शव भेटिएकाे जानकारी उनले दिए । दासकाे घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलाे हतियारले हानेकाे गहिराे चाेट छ । हत्यामा संलग्नकाे पहिचान खुल्न नसकिरहेकाे प्रहरीले जनाएकाे छ । घटनामा संलग्न हत्यापछि शौचालयमा शव छाडेर भागेकाे पाइएकाे डीएसपी दाहालले बताए । घटनास्थलमा पुगेर डीएसपी दाहाल नेतृत्वको टाेलीले अनुसन्धान सुरु गरेकाे छ । हत्यामा संलग्नकाे खाेजी तीव्र पारिएको र पहिचानकाे प्रयास भइरहेको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार