सूर्तिजन्य पदार्थ सेवनबाट वर्षेनि ८० लाख मानिसको मृत्यु

शुक्रबार, ०२ चैत्र २०८०
झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ कर कोषको सचिवालयले बिश्वभर वर्षेनि ८० लाख मानिसको मृत्यु सूर्तिजन्य पदार्थबाट हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । १३ लाख जनाले अरुले प्रयोग गरेको धुमपान सेवनको धुवावाट ज्यान गुमाउनु परेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको आयाजना तथा स्वास्थ्य कार्यालय झापाको समन्वयमा शुक्रवार भद्रपुरमा नेपालमा सूर्तिजन्य पदाथको नियन्त्रण र नियमनको कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले तथ्याङ्क सार्वजनिक गरेका हुन् । कार्यक्रमका सहभागीलाई सूर्तिजन्य पदार्थ निषेध गरिएका सार्वजनिक स्थल सूर्तिजन्य पदार्थ सेवनका कारण मानव शरीरका विभिन्न भागमा हुने असर, स्थानीय तहको भूमिका, सूर्तिजन्य पदार्थ नियमन र नियन्त्रण गर्ने ऐन तथा व्यवस्था , प्रयोग गर्दा पाउने सजाय तथा जरिवाना हाल नेपालमा प्रयोग र असरका तथ्याङ्क का विषयमा जानकारी दिइएको थियो । स्टेप्स सर्भे सन २०१९ को प्रतिवेदन अनुसार हाल नेपालका करिव २९ प्रतिशत व्यक्तिले सूर्तिजन्य पदार्थको प्रयोग गर्ने गरेको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत मिश्रले बताए । उनका अनुसार जसमध्ये धुमपान प्रयोगकर्ता नेपालमा १७ प्रतिशत छन् । धुमपान बाहेकका सूर्तिजन्य पदार्थ प्रयोगकर्ता १८ प्रतिशत रहेको उनको भनाई छ । राष्ट्रिय रोगभार प्रतिवेदन सन २०१९ का अनुसार नेपालमा बार्षिककरिव ३४ हजार मानिसको मृत्यु धुमपान सेवनका कारण हुने गरेको छ । सूर्तिजन्य पदार्थमा वर्षेनि १० अर्ब भन्दा बढी रुपैयाँ खर्च हुने गरेको मिश्रको भनाई छ । जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ वरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापाका १५ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको थियो । जहाँ मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले नेपालमा सूर्तिजन्य पदार्थको अवस्था र प्रगतिका विषयमा प्रकाश पारेका थिए । त्यस्तै नेपालमा सूर्ति तथा सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका विषयमा मन्त्रालयका स्वास्थ्य्कर कोषको सचिवालयका कानून शाखा प्रमुख गोपिकृष्ण रेग्मीले सहजीकारण गरेका थिए । यसैगरी स्थानीय तहबाट भएका प्रयासका विषयमा समेत प्रष्ट्याइएको थियो । कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाई, जिल्ला समन्वय अधिकारी सुनिल निरौला, स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश वराकोटी लगायतले आ– आफ्नो धारणा राखेका थिए । कार्यक्तमको सञ्चालन स्वास्थ्य कार्यालय झापाका जनस्वास्थय निरीक्षक विश्वनाथ श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार