स्टाफ नर्स हत्या प्रकरण : घटनापश्चात् प्रेमी सम्पर्कविहीन

शुक्रबार, ०२ चैत्र २०८०
विराटनगर - विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्या भएको अवस्थामा सब फेला परेपछि उनका प्रेमी सम्पर्कविहीन बनेका छन् । यद्यपि हत्यामा उनका प्रेमीको संलग्नता रहे -नरहेको भने यकिन भएको छैन । तर प्रहरीले खोजी जारी राखेको जनाएको छ । घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले अनुसन्धान गर्दै छ । विराटनगर महानगरपालिका- ४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा शुक्रवार मध्यान्न १२ बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । दास विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर९ ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । डेरा बसेको घरको कोठाभित्रको शौचालयमा शव फेला परेको दाहालले बताए । उनका अनुसार धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि फालेको अवस्थामा शव भेटिएको हो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको दाहालले बताए । शौचालयमा शव फालेर कोठाको चाबी बाहिरबाट लगाई हत्यामा संलग्न फरार भएको प्रहरीले जनाएको छ । मृतकका आफन्त एवं परिवारका सदस्यलाई प्रहरीले घटनाको जानकारी गराइसकेको छ । उनीहरू सिराहाबाट विराटनगर आउने क्रममा रहेको डिएसपी दाहालले बताए । अहिलेसम्म शव घटनास्थलमै छ । आफन्त आइपुगेपछि मात्रै पोस्टमार्टमका लागि पठाउने प्रहरीको तयारी छ । तर, यो घटनापछि दासका झब्वाई फ्रेन्डञ भनिएका युवा सम्पर्कविहीन बनेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । मृतकका साथीहरूले प्रहरीलाई दिएको जानकारी अनुसार दास सिराहाको फुल्काहकट्टी नै घर भएका अमिन धानुकसँग प्रेम सम्बन्धमा थिइन् । दासका प्रेमी धानुक अहेब रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनी सिराहाको गोलबजारमा काम गर्छन् । दासको हत्यामा धानुक संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रेममा उत्पन्न खटपट एवं सम्बन्धमा देखिएको दरार हत्याको कारण हुनसक्ने प्रहरीको आशङ्का छ । तर, धानुक विराटनगर कहिले आएका थिए भन्ने यकिन भइसकेको छैन । प्रहरी स्रोतका अनुसार मृतक बसकै घरमा उनका अरू साथीहरू पनि डेरा बस्थे । तीमध्ये एक जना साथीको वाट्सएपमा झमैले हत्या गरेर शौचालयमा छाडिदिएको छु भन्दै धानुकले म्यासेज गरेर फोटाहरू पठाएको पाइएको प्रहरी स्रोतले बतायो । उनले कुन नम्बरबाट वाट्सएप गरे भन्ने प्रहरीले खुलाएको छैन । तर, घटनापछि सम्पर्कविहीन भएकाले खोजीका लागि प्रहरी परिचालन गरिसकिएको एसपी कार्कीले बताए । वाट्सएपमा म्यासेज आएपछि मृतककी साथीले घट पेटीलाई जानकारी गराएकी थिइन् । घरबेटीले प्रहरीलाई खबर गरे । प्रहरी पुगेर हेर्दा हत्या गरेको अवस्थामा शव भेटियो । एसपी कार्की घटनामा अरूनै व्यक्तिको संलग्नता पनि हुन सक्ने बताउँछन् । प्रेमीले नै हत्या गरे भन्ने प्रमाणित हुने मजबुत आधार भेटिइसकेको छैन । अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन,ञ उनले भने , पहिचान गरेर हत्यामा संलग्नलाई पक्राउ गर्ने प्रयास भइरहेको छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान थालिएको छ । घटनाको अनुसन्धानका लागि एसपी कार्की, डिएसपी दाहाललगायतमा प्रहरी अधिकारी घटनास्थलमा खटिएका छन् । प्रहरीको विशेष टोलीसमेत परिचालन गरिएको छ । कार्कीमा अनुसार घटना अर्कैले गरेर प्रेमीलाई देखाउन खोजेको पनि हुनसक्छ । प्रविधि प्रयोग गरेर घटनालाई अर्कोतर्फ मोड्न खोजेको पनि हुनसक्छ । एकातिर देखाएर घटना अर्कैले गरेको समेत हुनसक्छ,ञ उनले भने, यस्तो जघन्य अपराधको गम्भीर ढङ्गले अनुसन्धान हुन्छ । जतिसक्दो चाँडो वास्तविकता पत्ता लगाउँछौँ । एसपी कार्कीले स्टाफ नर्सका प्रेमी भनिएका धानुक सम्पर्कमा आइसकेपछि घटनामा उनको संलग्नता छ कि छैन भनेर यकिन हुने दाबी गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार