काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरूको अन्तर जिल्ला सरुवा रोक्का गरेको छ ।
शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्मका लागि अन्तर जिल्ला सरुवा रोक्का गरिएको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए ।
हालैको मन्त्री स्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तर जिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको जनाइएको छ ।
प्रतिक्रिया