सुनसरी । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वाटर सुनसरीले ५५ किलो पाँच सय ग्राम गाँजा बरामद गरेको छ ।
सोमबार राति पौने ९ बजे सुनसरीको बर्जु गाँउपालिका–४ स्थित दशगजा नजिक मकैबारीबाट सशस्त्र प्रहरीले सो परिमाणको गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी हर्वानीबाट सशस्त्र प्रहरी नायव निरीक्षक अर्जुन कार्कीको कमाण्डमा खटिएको ४ जनाको मोटरसाइकल गस्ती टोली र सशस्त्र प्रहरी बल नेपाल बीओपी अमडुवाबाट सशस्त्र प्रहरी सहाकय निरीक्षक ललित खड्काको कमाण्डमा खटिएको २ जनाको मोटरसाइकल गस्ती टोलीलाई देखेपछि गाँजा बोक्ने चार जना गाँजा छाडेर भारततर्फ भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
उनीहरु चार जनाले टाउकोमा बोकेर गाँजा भारततर्फ लैजाँदै थिए ।
बरामद गाँजा थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय सीतागन्जमा बुझाइएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताए ।
सो गणले यसअघि पनि एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको थियो ।
प्रतिक्रिया