बढ्यो पेट्रोलको मुल्य

आइतबार, १८ चैत्र २०८०
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य  प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ । योसँगै काठमाडौँमा पेट्रोलको मुल्य १७५ रुपियाँ प्रतिलिटर भएको छ । त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य प्रतलिटर ०.३९ रुपैयाँ, हवाई इन्धनको मूल्य ०.३८ रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २७.४४ रुपैयाँले घटेर आए पनि अहिलेलाई यथावत् राखिएको निगमले जानकारी दिएको छ । नयाँ मुल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार