चलचित्र निर्माता, कलाकार तथा निर्देशक रोज राणा प्यूठान प्रदेशसभा ‘ख’ बाट विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका राणाले २२ हजार ५१८ मतका साथ विजय प्राप्त गरेका हुन् ।
उनका निकटतम् प्रतिद्वन्दी एमालेका हरि रिजालले २० हजार ८०७ मत पाएका थिए । राणा प्यूठान क्षेत्र नं २ का क्षेत्रीय सभापति पनि हुन् ।
प्रदेशसभामा लड्नका लागि रोजले नेपाल चलचित्र निर्माता संघको अध्यक्ष पद समेत माया मारेका थिए । उनी निर्माता संघका निवर्तमान महासचिव हुन् । पहिलो प्रयासमै प्रदेशसभामा विजयी हासिल गर्न सफल भएका उनलाई यसअघि कांग्रेस सत्तामा हुँदा केही पटक चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रयास पनि भएको थियो । तर, उनले बोर्ड जाने इच्छा देखाएनन् ।
चलचित्र ‘दादागिरी’ बाट चलचित्र निर्माण थालेका राणाले ‘डन’, ‘खलनायक’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’ लगायतका आधा दर्जन भन्दा धेरै चलचिब बनाएका छन् । उनको निर्देशनमा चलचित्र ‘जय पशुराम’ बनेको छ । राणाले निर्माण तजा निर्देशन गरेको पछिल्लो चलचित्र ‘मेरो पैसा खोइ ?’ हो । उनी अहिले ‘खलनायक २ बनाउने तयारीमा छन् ।
प्रतिक्रिया