काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक रेकर्ड बनाइरहेको छ ।
बिहीबार सुनको मूल्य बुधबारको तुलनामा तोलामा १ हजार रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि यही बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार कायम हुँदै रेकर्ड बनाएको थियो ।
आज तेजाबी सुनको मूल्य तोलाको १ लाख ३३ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।
यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया