कांग्रेस एक्लै लड्नुपर्छ, बहुमत ल्याउनुपर्छ : सभापति देउवा

शनिबार, २४ चैत्र २०८०

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान अवस्थामा बहुमत ल्याउने पार्टी बनाउनु अपरिहार्य भएको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा उनले बलियो पार्टी निर्माण गर्नु अहिलेको आवश्यकता भएको भन्दै त्यसको लागि सबैलाई कम्मर कसेर अगाडि बढ्न अनुरोध गरे ।

उनले भने, ‘वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राखेर एक्लै जित्न सक्ने, बहुमत ल्याउने पार्टी बनाउनु हाम्रो लागि अपरिहार्य भएको छ । त्यसैले सबै पार्टीका साथीहरु एक भएर लाग्नुहोस ।

आपसी समझदारी, समन्वय कायम गर्दै देशभर पार्टी जित्न आवश्यक छ । त्यसकारण बहुमत ल्याउनको लागि कम्मर कसेर अगाडि बढ्न अनुरोध गर्दछु ।’

आपसमा घात, अन्तरघात नगरेर एक भएर पार्टीलाई एक्लै लग्नुपर्ने अवस्था आएको पनि उनको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार