काठमाडौँ / अनलाईन माध्यममा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकले आफ्नै मोबाइलबाट छोराछोरीको अध्ययनको प्रगति हेर्न मिल्ने एप सार्वजनिक भएको छ ।
एम्बिसन गुरु नेपाल प्रालिले ल्याएको यो एपबाट अभिभावकले एम्बिसन गुरुमा अध्ययनरतले कति समय बसेर पढिरहेका छन्, उनीहरुको पढाइमा कति प्रगति भइरहेको छ, विद्यार्थीले कतिवटा लाइभ क्लास लिए, कति वटा छुटाए । कुनकुन परीक्षामा सहभागी भए लगायतका जानकारी पाउन सक्नेछन् ।
प्रत्यक्ष गुरुसँग पनि परामर्श लिन सकिनेन एम्बिसन गुरूद्वारा जारी विज्ञप्तिमा छ । एम्बिसन गुरूले एसईई, +2, साईन्स, मेनेजमेन्टका ब्याच्लर र माष्टर्स लेबलका विभिन्न विषयका परीक्षाको तयारी अनलाईनबाट गराउँछ ।
लोक सेवा, शिक्षक सेवा, संस्थानहरू, बैंकहरू, सुरक्षा निकायका विभिन्न आवेदनको तयारी कक्षा पनि सञ्चालन गर्छ ।
प्रतिक्रिया